मन्त्री हुनु त कर्णाली प्रदेशकी विमला जस्ता - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

मन्त्री हुनु त कर्णाली प्रदेशकी विमला जस्ता



काठमाडौं- कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो ।

भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भनिन् । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो ।

गाडी रोकिएपछि दुई अपरिचित आठ÷नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे ।

चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उनले दुवैलाई आपूmकहाँ बोलाएर सोधिन्, “नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो रु तिमीसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?”

ती मध्ये एक बालिकाले आत्तिदै भनिन्, “हाम्रो घर भ¥याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।”