इमरान खान भेट्न पाकिस्तान पुगे बिल गेट्स - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

इमरान खान भेट्न पाकिस्तान पुगे बिल गेट्स



बिल एन्ड मेलिन्दा फाउन्डेनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन्।

उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वसँग कुराकानी गर्ने बताइएको छ।

उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन्। त्यस क्रममा उनले पोलियो उन्मूलनका विषयमा कुराकानी गरेको बताइएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुबीच भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एन्ड मेलिन्डा फाउन्डेसनले गरिरहेको निरन्तर सहयोगको प्रसंशा गरेको जनाइएको छ।

सो फाउन्डेसनले लामो समयदेखि पाकिस्तानमा पोलियो उन्मूलनका लागि काम गरिरहेको छ। रासस/सिन्ह्वा