बिल गेट्सले स्वीकारे आफुले गरेको सबैभन्दा ठुलो गल्ती - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बिल गेट्सले स्वीकारे आफुले गरेको सबैभन्दा ठुलो गल्ती



एजेन्सी : माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एन्ड्रोइड र गुगलको विषयमा आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । बिल गेट्सले नन एप्पल फोन फार्म प्लेटफर्म नल्याउनु र एन्ड्रोइडका लागि गुगललाई मौका दिनु आफ्नो सबैभन्दा ठूलो गल्ती रहेको स्वीकारेका छन् ।

गुगल एन्ड्रोइडको अपरेटिङ प्रणालीको सहयोगमा अन्य कम्पनीको तुलनामा निकै अगाडि बढिसकेको छ । बिल गेट्सका अनुसार यदि उनले ओएस बनाउने पहल गरेको भए अहिले अहिले माइक्रोसफ्ट सबैभन्दा ठूलो कम्पनी हुने थियो ।

गुगलले सन् २००५ मा एन्ड्रोइडलाई ५ करोड डलरमा खरीद गरेको थियो । अहिले यो विश्वको सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम हो ।

विन्डोज फोनमा माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम उपलब्ध गराउँदै आएको थियो । तर, प्रयोगकर्ताको बीचमा यो एन्ड्रोइड र आईओएस जति लोकप्रिय भने बन्न सकेन ।

यसैबीच कम्पनीले सन् २०१७ मा यसलाई बन्द गर्ने निर्णय गरेको थियो । एन्ड्रोइड र आईओएसको दाँजोमा माइक्रोसफ्टको सफ्टवेयर त्यति दमदार भने थिएन । एन्ड्रोइड र आईओएसमा चल्ने एपको संख्या पनि धेरै छ ।