विकासका लागि सञ्चार संम्बन्धी एक दिवसिय कार्यशाला गोष्टी सुखडमा सम्पन्न - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

विकासका लागि सञ्चार संम्बन्धी एक दिवसिय कार्यशाला गोष्टी सुखडमा सम्पन्न



हिमाल पोस्ट
सुखड ,कैलाली ।। सञ्चारले अनौपचारीक रुपमा शिक्षाको रोल  खेलिरहेको  एक कार्यक्रमका  सहभागिहरुको  भनाई रहेको छ  । विकासका  लागि  सञ्चार  संम्बन्धी  एक  दिवसिय  कार्यशाला गोष्टीमा  सहभागीहरुले  सो कुरा  बताएका हुन । कैलालीको  घोडाघोडी नगरपालिका -१ सुखडमा शुक्रबार आयोजीत कार्यक्रममा सहभागी  क्षेत्र नं. ३ ख बाट  निर्वाचित प्रदेशसभा  सदस्य अमर बहादुर साउदले ,”सञ्चारले स्थानिय तहले गरेका हरेक गतिविधीलाई  जनमानस सम्म पुर्याउनु पर्ने  बताउनु भयो । “

त्यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले  संञ्चारले अनौपचारिक रुपमा  शिक्षाको रोल खेलि रहेको हुँदा कुरिति र कुसंस्कार  उजागर गर्दै अगाडी बढ्नु पर्ने बताउदै सञ्चार माध्यम र स्थानिय सरकार  हातेमालो गर्दे अगाडी बढ्न  जरुरी रहेको बताउनु भयो । त्यस्तै  कार्यक्रममा सहभागि पहलमानपुर सेक्टर वन कार्यलयका सहायक वन अधिकृत सम्भु सिंहले सञ्चारले समाजमा शान्ती स्थापना अमन चयनका लागि  सकारत्मक कुराहरुलाई विषेश जोड दिनु पर्ने  बताउनु भयो ।

त्यस्तै घाडाघोडी बहुमुखी क्याम्पसका उप–प्राध्यापक नारायण अम्मैले जनताका समस्यालाई उजागर गर्दै अगाडि बढ्नु पर्ने बताउदै, नगर क्षेत्रका हरेक गतिविधिहरुलाई घच्घच्याउने कार्य सञ्चारले गर्न सक्नु पर्ने, साथै स्थानिय जन-मानसमा सचेतना जगाउन सञ्चारको ठूलो महत्व रहने बताउनु भयो ।

कार्यक्रममा  अधिकांश  सहभागिहरुले सञ्चारले स्थानिय तहका गतिविधिहरुलाई उजागर गर्दै, हरेक सवालमा  सेवा प्रदायक  र सेवा ग्राही विचको पुलको कार्य गर्नु पर्ने  ,साथै हरेक गतिविधिको  सकारत्मक उत्थान गर्नु पर्ने मा जोड दिनु भएको थियो।

कार्यक्रममा कैलालीमा सञ्चारको अवस्था चुनौती र सम्बन्धीत सरोकारवालाको भुमिका कस्तो रहने ? आदी विषयको सहजीकरण कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको  रेडियो कैलालीका प्रबन्ध निर्देशक नवराज खनालले गर्नु भएको थियो ।कार्यक्रममा विभिन्न क्षेत्रका  प्रमुख तथा प्रतिनिधि  गरी ३५ जना भन्दा बढीको सहभागिता रहेको  थियो ।