घोडाघोडीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु , एक घाइते
विशाल पाण्डेय/कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका १- घोडाघोडी मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार राती करिब ११:३० बजेतिर घोडाघोडी मन्दीर नजिकै से ७ प १३४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-४ सिमथरीका २६ वर्षिय अशोक चौधरी रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । मृतक चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक घोडाघोडी नगरपालिका -४ रामशिखरझालाका करिब ३० वर्षिय प्रेम बहादुर चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि रातीनै कोहलपुर रेफर गरिएको प्रहरी निरीक्षक जोशिले बताए ।
बुधबार राती घोडाघोडी मन्दिर नजिकै छाडा पशु चौपायासंग मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर