भिभिआइपी सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भिभिआइपी सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार



काठमाडौं– उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई बल पुग्नेगरी सरकारले भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँका मोटरसाइकल खरिद गर्न लागेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

नागरिकले लेखेको समाचारमा उल्लेख गरिएअनुसार सरकारले भिभिआइपीको स्कर्टिङ (कारगेट)का लागि ६ सय ५० सीसी क्षमताका मोटरसाइकल किन्न लागेको हो । खरिद क्रममा रहेका ती मोटरसाइकलको प्रतिएकको मूल्य ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी पर्छ ।

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कार्गेट मोटरसाइकल उपलब्ध गराएको छ । यस्तै उपराष्ट्रपतिका लागि ३ र प्रधानमन्त्रीको सवारीका लागि ७ वटा मोटराइकल प्रयोग भइरहेको नागरिकको समाचारमा उल्लेख छ ।