विकासका लागि एक जुट हौं : डाक्टर रावल - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

विकासका लागि एक जुट हौं : डाक्टर रावल



‘टीकापुर महोत्सव सम्पन्न ‘

लोकेन्द्र रावल
टीकापुर । माघ १८ गते बाट शुरु भएको टीकापुर महोत्सव २०७५ मंगलबार सकिएको छ । समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रतिपक्षि दलका नेता डाक्टर रणबहादुर रावलले अबको लडाई विकासका लागी हुनु पर्ने बताउँंदै टीकापुरको विकासका लागी सवै एक जुट हुनुपर्नेमा जोड दिनु भयो ।

नेता रावलले सबैको प्रयासले भन्सारको स्तर उन्नती भएको बताउनु भयो । ‘ टीकापुरको व्यापारलाई विकाश गर्न स्थानीय सरकारलाई कर छुट गर्ने व्यवस्था ल्याउनुपर्छ ,’ डाक्टर रावलले भन्नुभयो ,‘ टीकापुर उद्योग वाणिज्य संघले टीकापुर क्षेत्रको विकासका लागी गरेको प्रयास प्रति सहनीय छ ।’ उहाँले लम्की खक्रौला चार लेन सडक दुई बर्षमा बन्ने दाबी गर्नुभयो । ‘यस क्षेत्रको विकासका लागि पहल भए आफु सक्दो सहभागि हुन्छु ,’ रावलले भन्नुभयो,‘थारु पहाडी भनेर बिभाजन हुने होइन हामी सबै एउटै परिवार हौं ।’ उहाँले सबैको सम्मान हुने गरी एकजुट भएर बस्न जरुरी छ भन्नुभयो ।

कार्यक्रममा पूर्ब राज्य मन्त्री चन्द्र सिंह भट्टराई, पूर्ब सभाषद हरि ज्ञवाली, पूर्ब मेयर रत्न प्रशाद सज्याल, टीकापुर नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, नेकपाका सूर्य चन्द्र भट्टराई , नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, राष्ट्रिय जनमोर्चाका मनिराम चौलागाई, वडाध्यक्ष गंगाराम आचार्य, संघका सल्लाहाकार भिमराम चपाई ,पूर्ब अध्यक्ष नरेश कुमार खत्री, रत्न नगर उद्योग बाणिज्य संघ चितवन का अधयक्ष शिब लाल श्रेष्ठ, प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंह, सत्ति कर्णाली सामुदायिक बनका अध्यक्ष धनसिंह साउँद, टीकापुर जेसिजका अध्यक्ष गणेस साउँदले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंहलाई सम्मान गरेको छ । उहाँलाई शान्ति सुरक्षामा सहयोग गरेकोे भन्दै सम्मान गरिएको थियो । उहाँलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मा.वि.स्तरिय नृत्य प्रतियोगितामा मदर ल्याण्ड ई.बो.स्कूल भजनी प्रथम, सरस्वती रा.वि.बनगाउँ द्वितिय, युनाईटेड एकाडेमी स्कूल टीकापुर तृतिय र सप्तऋषी मा.वि. टीकापुरले सानत्वना पुरुस्कार प्राप्त गरेको छ ।
प्रथम हुनेलाई नगद १० हजार, द्वितिय हुनेलाई नगद ८ हजार, तृतिय हुनेलाई नगद ६ हजार र सान्तव्ना हुनेलाई नगद ४ हजार र ट्रफि प्रदान गरिएको थियो ।
स्वागत उपाध्यक्ष सुरेन्द्र किशोर गिरीले गर्नुभएको थियो भने संचालन महासचिब राम बहादुर भण्डारीले गर्नुभएको थियो ।

महोत्सवमा रु ४ करोड बराबरको कारोवार भएको उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुरेन्द्र किशोर गिरीले बताउनुभयो ।
‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो ।

महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो । उक्त महोत्सवको एक लाख ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । उद्योग वाणिज्य सङ्घ टीकापुरका अध्यक्ष परशुराम चपार्इंले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न १० कक्षा निःशुल्क उपलब्ध गराइएको बताउनु भयो ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणका रूपमा रहेका थिए । थारू गाउँ र मगर गाउँमा आ– आफ्ना संस्कृति र खानाका परिकार झल्कने वस्तु राखिएका थिए ।

महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गर्नुभएको थियो । उद्योग वाणिज्य सङ्घ टीकापुरले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।