कोरोनाविरुद्ध मोदीको बिजुली बन्द अभियान - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कोरोनाविरुद्ध मोदीको बिजुली बन्द अभियान



काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गरेका छन् ।

शुत्रबार बिहान एक भिडियो सन्देश मार्फत मोदीले ९ मिनेट बिजुली बन्द गरेर मैनवत्ती, दियो, टर्च या मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गरेका हुन् ।

यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने मोदीको भनाई थियो ।

कोरोनाविरुद्ध भारत एकजुट रहको सन्देश विश्वलाई दिन यो आग्रहलाई स्वीकार गर्न पनि उनले अपिल गरे ।

यसअघि जनता कर्फ्यूका माध्यमबाट विश्वलाई भारतले सन्देश दिएको मोदीको भनाई थियो ।