विजुक्छेको विवादास्पद भनाई: ‘चीनबाट नेपालीलाई फर्काउनु हुन्न’ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विजुक्छेको विवादास्पद भनाई: ‘चीनबाट नेपालीलाई फर्काउनु हुन्न’



काठमाडौं- चीनमा रहेका नेपालीलाई कोरोना भाइरस निर्मूल नभएसम्म घर फर्किन दिनुहुन्न भन्ने हदसम्मका जनप्रतिनिधि पनि फेला परेका छन्।

फर्काउने नै हो भने हाम्रो गाउँबस्तीमा राख्नुहुन्न भन्ने समाजसेवी पनि देखिएका छन्।

मानवीय समवेदनाको शून्य स्थिति मात्र होइन, स्वार्थीपनको पराकाष्टा पनि छताछुल्ल भएको छ।

उमेरले निकै पाको व्यक्तिमा मानवीय समवेदना अझ बढी हुन्छ भन्ने आमविश्वास पनि जेष्ठ नेता नारायणमान विजुक्छेले टिप्पणीले गलत साबित गरिदिएको खबर आजको समाचारपत्र दैनिकमा कपिल काफ्लेले लेखेका छन्।

‘विजेक्छेले भने, ‘चीनबाट फर्काइने नेपालीलाई काठमाडौँमै राख्नुहुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु उनीहरुलाई उतै चीनमै उपचार गरेर निको पार्नुपर्छ।’

विजुक्छेले चीनमा कोरोना भाइरस फैलाउनमा अमेरीकाको हात हुन सक्ने आशंका व्यक्त गरे।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई आइतबार सम्बोधन गर्दै विजुक्छेले चीनमा एक्कासी कोरोना भाइरस फैलनुमा आशंका व्यक्त गरेका हुन्।

अमेरिकाले आफ्ना दाबेदार देशहरुसँगको प्रतिसपर्धामा जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको उनले बताए।

चीनमा कोरोना भाइरस फैलिनुमा पनि अमेरिकाको हात रहेको हुन सक्ने विजुक्छेले बताए।