६७१ मध्ये अर्घाखाँचीका ९७ जना संक्रमित, अन्य कुन-कुन जिल्लाका ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

६७१ मध्ये अर्घाखाँचीका ९७ जना संक्रमित, अन्य कुन-कुन जिल्लाका ?



काठमाडौँ– नेपालमा बिहीबार हाल सम्मकै सर्वाधिक संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मत्रालयक अनुसार ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९१ जना पुरुष र ८० जना महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २, मोरङका १, अछामका ४४, बैतडीका २५, बाजुराका ३१, भक्तपुरका ३, डढेल्धुराका ८४, कैलालीका ४२, कपिलवस्तुका १७, काठमाडौँका २, नुवाकोटका २, रौतहटका ३४, रुपन्देहीका १२, सर्लाहीका २, ललितपुरका १, नवलपरासीका २३, महोत्तरीका १, सिन्धुलीका १, पर्वतका ९ र चितवनका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै धनुषाका २९,बागलुङका १, मनाङका १, स्याङजाका ९, तनहुँका १५, सिन्धुपाल्चोकका १, गोर्खाका ११, गुल्मीका ३, पाल्पाका ६, रौल्पाका १, अर्घाखाँचीका ९७, बाँकेका ३, बर्दियाका ३, दैलेखका ८७, दाङका ४, सुर्खेतका ३४, बझाङका २ र कञ्चनपुरका २ जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। तीमध्ये ७ हजार २ सय २९ जना पुरुष र ६१९ जना महिला छन्।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १९ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १ हजार १ सय ८६ पुगेको छ। तीमध्ये १०७२ जना पुरुष र ११४ जना महिला छन्।