न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डाको बिहेको भेन्यु रद्ध
न्युजिल्याण्ड- न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफ्नो विवाह समारोहका लागि रोजेको भेन्यु रद्ध गरेकी छन् । उनले आइतबार करिब दुई वर्ष बुकिङ गरेको भेन्यु रद्ध गरेकी हुन् ।
जेसिन्डाले दुई वर्षअघि आफ्नो विवाह समारोहका लागि भन्दै करिब ५ हजार डलरमा बुसमेरे आम्र्स भेन्यु बुकिङ गरेको स्थानीय मिडियाले जनाएका छन् । प्रधानमन्त्री जेसिन्डाले आफ्ना प्रेमी क्लेर्क गेफोर्डसँग बिहेको लागि सो भेन्यु बुक गरेको बताइएको छ ।
प्रधानमन्त्री जेसिन्डा र उनका प्रेमीले दुई वर्षअघि नै आफ्नो भेन्यु विवाह समारोहका लागि बुक गरेको र शनिबार सो बुकिङ रद्ध गरेको भेन्यु सञ्चालक रोविन पियर्सनले स्थानीय मिडिया हेराल्ड न्युजसँग बताएका छन् । प्रधानमन्त्री जेसिन्डा दम्पतीले विवाह समारोहमा आफ्ना साथी, सेलेब्रेटी र अन्य केहिलाई बोलाउने गरी सो भेन्यु बुक गरेको बताइएको छ । सो दम्पतीले यसै वर्ष बिहे गर्ने योजना बनाएको स्थानीय मिडियामा खबर छ ।
कोभिड महामारीका कारण गत जुलाइमा हुने भनिएको बिहे पछि सारिएको बताइएको छ । दुई वर्षअघि इनगेजमेन्ट गरेको सो जोडि सन् २०१३ देखि प्रेम सम्बन्धमा रहेको बताइन्छ ।