बिहे अगाडि युवतीलाई सोध्नुपर्ने महत्त्वपूर्ण ५ प्रश्नहरू - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिहे अगाडि युवतीलाई सोध्नुपर्ने महत्त्वपूर्ण ५ प्रश्नहरू



काठमाडौँ ।

परिबर्तनशिल समय सँगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम विवाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्त्वपूर्ण प्रश्नहरू युवतीलाई सोध्नुहोस् ।

एक अर्काको आनीबानी थाहा पाउन वर्षौंसम्म लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाईँ क्षण भर मै हुने वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नु हुन्छ ।

यसले तपाईँको जिन्दगीमा नयाँ मोड ल्याउन सक्छ । बिहे गर्नु भन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरू यस प्रकार रहेका छन् ।

१- फ्यूचर प्लानिङको बारेमा पनि छोटो प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने पनि बुझ्नुहोस् । याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्त्वपूर्ण हुनसक्छ ।

२- सबै भन्दा पहिला केटीको शिक्षाको बारेमा जरुर सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो । भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ ।

३- आर्थिक मामलामा उनको धारणा के हो त्यो पनि बुझ्नु होस् । तपाईँको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्त्वपूर्ण हुने गर्छ । तर याद गर्नुहोस् मनी माइन्डेट युवती छ भनेपनि तपाईँको जीवन सफल नहुन सक्छ ।

४- उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् । उसका साथीहरू कस्ता कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ । उनका साथीहरू भनेको उनले सिक्ने खुल्ला विद्यालयहरू पनि हो । किनकि उसको बाल्यकाल त्यही बितेको छ ।

५- त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोस् । रुचि हेर्दा सानो सानो देखिएपनि मानिसको संस्कार र संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाईँ यसलाई कमजोर सोच्दै नसोच्नुस् । एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ ।