बिहारमा नितिश-मोदीलाई बहुमत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बिहारमा नितिश-मोदीलाई बहुमत



एजेन्सी -भारतीय लोकसभा चुनावमा बिहारका ४० सिटका लागि ७ चरणमा भएको चुनावमा आइतबार ८ सिटका लागि चुनाव भएको थियो।

आइतबार चुनाव भएका नालंदा, पटना, साहिब, पाटलिपुत्र, आरा, बक्सर, सासराम, काराकाट र जहानाबादबाट १ सय ५७ प्रत्यासी थिए।

भारतीय लोकसभा चुनाव आज सकिएसँग त्यहाँका मिडियाले मत सर्वेक्षण प्रकाशन/प्रशारण गरेका छन्।

नेपालको सीमासँग जोडिएकाले विहारको मत सर्वेक्षणमा नेपालीको समेत चासो छ। बिहारमा ४० लोकसभा सिट छन्।

२०१४ को चुनावमा त्यहाँ २२ सिट भारतीय जनता पार्टीले जितेको थियो।  कंग्रेसले २ सिटमात्र पाएको थियो।

अहिले भने भारतीय जनता पार्टीले विहारका मुख्यमन्त्री नितिशकुमारको पार्टी जनता दलसँग चुनावी गठबन्धन गरेको छ भने कंग्रेस आईले पनि अन्य पार्टीहरूसँग गठबन्धन गरेको छ।

चुनाव सकिएपछि आइतबार साँझ यी दुई गठबन्धनले विहारमा कति सिट ल्याउलान भन्ने सवालमा मिडियाका छुट्टाछुट्टै मत सर्वेक्षण सार्वजनिक भएका छन्।

आजतकका अनुसार, भाजपाको गठबन्धन एनडिएले बिहारमा ३८ सिट जित्ने छ। कांग्रेसको गठबन्धन युपीएले भने जम्मा २ सिट ल्याउने देखिएको छ।

त्यस्तै एनडिटिभीले गरेको मत सर्वेक्षणले भने बिजेपी र एनडीएलाई ३० सिट र कांग्रेस र आरजेडीको गठबन्धनलाई ११ सिट मिल्ने देखाउँछ।

त्यस्तै  एबीपी निल्सनलको एक्जिट पोलका अनुसार  एनडीएले ३४ र यूपीएले जम्मा ६ भोट ल्याउने छ।

सी भोटरले भने एनडीएले  ३३ र यूपिएल  ७ सिट जित्ने छन्।