बिहारमा मोदीलाई झट्का : सरकारमा जना नपाउने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बिहारमा मोदीलाई झट्का : सरकारमा जना नपाउने



केन्द्रीय मन्त्रीमण्डल गठनप्रति असन्तुष्ट बनेका भारतको बिहारका मुख्यमन्त्री नीतिशकुमारले आफ्नो मन्त्रिमण्डलमा भारतीय जनता पार्टी (भाजपा)लाई सहभागी नगराउने भएका छन्।

प्रधानमन्त्री मोदीको मन्त्रिमण्डलमा जनता दल युनाइटेडलाई एक मन्त्री मात्रै दिने भएपछि मन्त्रिमण्डलमै सहभागी नभएको सो दलले बिहारमा भाजपालाई सहभागी नगराउने तयारी गरेको हो। नीतिश कुमारले आज दोस्रो पटक मन्त्रिमण्डलको विस्तार गर्दै छन्।

बिहारमा भाजपाका केही नेताहर”लाई विना विभागीय मन्त्रीका रूपमा सपथ ग्रहण गराइसकिएको छ। यसरी सपथ खाइसकेका र मन्त्रालय नपाएका भाजपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पनि जिम्मेवारी नपाउने भएका हुन्। सन् २०१७ को जुलाईमा नीतिश कुमारले भाजपासँग मिलेर सरकार गठन गरेका छन्।

तर हाल केन्द्रीय मन्त्रिमण्डलमा आफ्नो पार्टीको प्रतिनिधित्व कम गराइने भएपछि उनी असन्तुष्ट बनेका हुन्। भाजपाले भने एक्लैले बहुमत प्राप्त गरेपछि आफ्नो चुनावी गठबन्धनमा रहेका साना दललाई कम महत्त्व दिएको छ।