बिहानै थपिए कोरोना संक्रमित - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बिहानै थपिए कोरोना संक्रमित



पोखरा- गण्डकी प्रदेशका चार जिल्लामा आज (शुक्रबार) विहानै थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु सबै जना भारतबाट फर्किएका हुन् । सबै जना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले. जनाएको छ ।