बिहानै तीन नेताको आकस्मिक बैठक, के भयो छलफल ?
काठमाडौँ- सत्ता गठबन्धनका तीन दलका शिर्ष नेताहरू आकस्मिक रूपमा बालुवाटारमा जुटेका छन् । आइतबार बिहान उनीहरू प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा जुटेका छन् ।
हिजो मात्र एमसिसी, सत्ता गठबन्धन र अन्य विषयमा छलफल भएको थियो । आज पनि तीन दलका नेताहरु फेरि प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासङ्गको छलफलमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ),नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहान साढे नौ बजे बालुवाटार पसेर भर्खर निस्केको बताइएको छ ।
एमसीसी लाई लिएर सत्ता गठबन्धनमा नयाँ सहमति भएको चर्चाबीच नेताहरू बिहानै छलफलमा जुटेका छन् । एमसीसी परियोजना अनुमोदनका लागि माओवादी र एकीकृत समाजवादीले संसद बहिस्कार गरेर सहयोग गर्ने र गठबन्धन पनि कायम राख्ने सहमति तीन नेताबीच भैसकेको बताइएको छ ।