एकाबिहानै सिंहदरबार किन छिरेका थिए प्रचण्ड ? - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

एकाबिहानै सिंहदरबार किन छिरेका थिए प्रचण्ड ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहानै सिंहदरबार पुगे । एकाबिहानै प्रचण्ड सिंहदरबार पुगेपछि त्यहाँ बेकाहरू अचम्ममा परेका थिए ।

महाधिवेशन सकिएको भोलीपल्ट बिहानै प्रचण्ड सिंहदरबार किन पुगे भन्ने चासोको विषय बनेको थियो । तर प्रचण्ड भने माओवादीको संसदीय दलको कार्यालयमा एउटा भेटवार्ताका लागि पुगेको खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रचण्डबीच लामो छलफल भएको खुलेको छ । बिहानै सिंहदरबारमा कार्की र प्रचण्डबीच लामो छलफल किन भयो भन्ने खुलेको छैन तर केहीले भने एमसीसीबारे छलफल गर्न भेटेको अनुमान गरेका छन् ।

प्रचण्ड त्यहाँ पुग्नेबित्तिकै उनलाई भेट्न कार्की सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छिरेका थिए । संसदमा विचाराधीन अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गराउने सरकारको रणनीतिअनुसार कार्कीले प्रचण्डलाई भेटेको अनुमान गरिएपनि दुवै पक्षले यसबारे केहि खुलाएका छैनन् ।

यसअघि मन्त्री कार्कीले एमसीसीकै विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई पटक बालकोट पुगेर भेटघाट गरिसकेका छन् ।