ओलीको प्रस्तावले तरङ्ग: प्रचण्ड बिहानै पुगे नेपाल निवासमा - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

ओलीको प्रस्तावले तरङ्ग: प्रचण्ड बिहानै पुगे नेपाल निवासमा



काठमाडौँ- नेकपाला एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि प्रस्ताव गरेपछि नेपाली राजनीतिमा फेरि अर्को तरङ्ग पैदा भएको छ । ओलीले यस्तो प्रस्ताव गरेकै अर्कोदिन बिहानै नेकपा माओवादी क्रेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप सुरू भएको छ ।

प्रचण्डको नेकपा एमाले नेता माधव नेपालको निवासमा पुगेका छन् । उनी सोमबार बिहान नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् । एमाले एकताका बिषयमा छलफल गर्न प्रचण्ड नेता नेपाल निवास पुगेको हुन् ।

आइतबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जेठ ३, २०७५ मा नै फर्किने तर, यसका लागि विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापतिलाई दिएको हस्ताक्षरसहित सहमति फिर्ता गर्नु पर्ने प्रस्ताव पेश गरेका थिए ।

नेपाल समूहले ओलीले राखेको प्रस्तावबारे धारणा बनाउन छलफलमा बस्न लागेको बेला नेपाल भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन