बिहानै गठबन्धनको बैठक: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

बिहानै गठबन्धनको बैठक: के छन् एजेण्डा ?



काठमाडौं- बिहिबार कुनै एजेण्डामा छलफल नगरी नेताहरू उठेपछि सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहानै बस्न लागेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भनिएको छ ।

बैठकमा विभिन्न विषयमा छलफल हुने भनिएपनि गठबन्धनमा देखिएको समस्याका बारेमा छलफल हुने बताइएको छ । त्यसका अलावा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुनेछ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् । यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने जनाइएको छ ।

बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुनै विषयमा छलफल नभएको राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भए भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ढिलोगरी पुगेका थिए । सोही कारण कुनै पनि विषयमा छलफल नभएको पौडेलले बताएकी थिइन् ।

बैठकमा कुनै पनि एजेण्डामा छलफल नुन नसकेको तर एक दुई दिन भित्र मन्त्रिपरिषद् विस्तार गर्ने भनिएको थियो ।