ओलीले बोलाए बिहानै स्थायी कमिटि बैठक: उम्मेदवार र नेपाल समूह एजेण्डा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीले बोलाए बिहानै स्थायी कमिटि बैठक: उम्मेदवार र नेपाल समूह एजेण्डा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा नेकपा एमालेको स्थायी कमिटि बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजे बस्ने बैठक बोलाईएको स्रोतले बनाएको छ । आजको बैठकमा राष्ट्रिय सभाको उम्मेदवार र नेपाल समूहलाई गरिएको कारबाही फिर्ताबारे छलफल हुनसक्ने बताइएको छ ।

स्रोतले भनेको छ, ‘राष्ट्रियसभा सदस्यको रिक्त उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउने र माधव समूहलाई गरिएको कारबाही फिर्ता गर्नेबारे छलफल गर्ने विषयमा नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बिहान डाकिएको हो ।’

बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।