प्रधानमन्त्री ओली बिहानै विर अस्पतालमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

प्रधानमन्त्री ओली बिहानै विर अस्पतालमा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बिहानै बिर अस्पताल पुगेका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन गर्न उनी बिहानै त्यहाँ पुगेका हुन् । उद्घाटन गर्दै उनले अब कोरोनाविरुद्धको भ्याक्सिनबाट तड्पिनुपर्ने अवस्था नआउने बताए।

ओलीले २०२१ सम्ममा कोरोनाविरुद्धको भ्याक्सिन मोटामोटी रुपमा सबैले लगाइसक्ने बताएका छन्। २०२१ को अन्त्यसम्ममा सबै जनतालाई लगाउने प्रयासमा भ्याक्सिन निरन्तर ल्याउने र नयाँ सम्झौता तथा प्रयास गरेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब हामी सबैलाई खोप लगाई सुरक्षित राख्न सक्छौं।’

कार्यक्रममा बोल्दै ओलीले यसअघि वीर अस्पतालको उपयुक्त ढंगको विकास अपेक्षित रुपमा हुन नसकेकोमा अब अस्पतालको उपयुक्त सदुपयोग हुने बताए।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई अनुरोध गर्दै ओलीले अस्पतालको व्यवस्थापन र चिकित्सकीय सेवामा थाक्न नहुने बताए।

जनताको जीवन नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले कोभिडविरुद्धको लडाईंमा यस अस्पताललाई अगाडि सारिएको प्रधानमन्त्री ओलीले बताए।

आज उद्घाटन गरिएको भवनको २०७४ फागुन २५ मा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए।