कानुन विज्ञको निष्कर्ष: संसद विघटन भएको छैन, सभामुखले सञ्चालन गर्न सक्छन - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

कानुन विज्ञको निष्कर्ष: संसद विघटन भएको छैन, सभामुखले सञ्चालन गर्न सक्छन



काठमाडौं- आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कानुन व्यवसायीसँग परामर्श गरेको छ ।

सोमबार अध्यक्ष प्रचण्ड र नेपाल समूहसहितका शीर्ष नेताले आज कानुन व्यवसायीसँग परामर्श गरी सर्वोच्च अदालत जाने गृहकार्य अगाडि बढाएका छन् ।

छलफलमा संसद विघन भएको हल्ला मात्र चलेको विघटन नभएको बताइएको छ । संविधानले नभनेको बिषय प्रधानमन्त्री र राष्ट्रपतिले मात्रै भनेर नहुने भेलाको निष्कर्ष छ । संविधानले नभनेको कुरा राष्ट्रपति र प्रधानमन्त्रीलाई भन्ने अधिकार कहाँबाट आयो भन्दै ओराश्ना गरिएको थियो । अन्य देशमा अभ्यास भनेपछि नेपालको संविधानमा यस्तो ब्यबस्था नभएको निष्कर्ष कानुन व्यवसायीले सुनाएका थिए ।

नेपालको संविधानमा प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद विघटन गर्ने अधिकार छैन । संसद विघटन भएको छैन । संसद विघटन नभएको हुनाले आउने १७ गते यसको अधिवेशन राष्ट्रपतिले बोलाइ सक्नुपर्ने छ । नबोलाएको खण्डमा भने सभामुखले संसद बैठक सञ्चालन गर्न सक्ने कानुन व्यवसायीले सुनाएका थिए ।

छलफलमा कानुनविज्ञ शम्भु थापा, अधिकांश बारएसोसिएशनका का पूर्व अध्यक्ष, बारका वर्तमान अध्यक्ष र संविधानसँग सम्बन्धितविज्ञ छलफलमा सामेल थिए ।