संसद विघटन गर्नुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको खुलासा - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

संसद विघटन गर्नुअघि नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको खुलासा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदे् विघटनको सिफारिस गर्नुअघि नै संघीय संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ ।

संसद विघटनको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्री अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

संसद् सचिवालयमा दर्ता भएको सो अविश्वासको प्रस्तावमा सत्तारुढ दल नेकपाकै ८९ जना सांसदको हस्ताक्षर रहेको स्रोतले जनायो।

प्रधानमन्त्री ओलीले आइतबार विहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संसद विघटनको प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।