बिग बास लिगमा सर्वाधिक विकेट लिने बलर बने सन्दीप ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिग बास लिगमा सर्वाधिक विकेट लिने बलर बने सन्दीप !



काठमाडौं । उदाउँदो अन्तरराष्ट्रिय खेलाडीका रुपमा चर्चा बटुलिरेहका सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । तेस्रो खेलमा सात विकेट लिएर सन्दीप बढी विकेट लिने खेलाडी बनेका हुन् ।

दुई खेलमा, पाँच विकेट लिएका सन्दीपले आफ्नो टीम मेलवर्न स्टारको तेस्रो खेलमा थप दुई विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बनेका हुन् । तीन खेलमा सन्दीपले सात विकेट लिएका छन् । बिहीबार सिड्नी सिक्सर्सविरुद्धको बलिङमा सात विकेट पु¥याइरहँदा सर्वाधिक विकेट लिने विकेटरका रुपमा कमेन्टेटरहरु सन्दीपप्रति केन्द्रित भएका थिए । मैदान पुगेका नेपाली युवाहरुले सन्दीप र उनको टीमको पक्षमा लगातार हुटिङ गरिरहे ।

हुनपनि, सन्दीपको खेलमा एकपछि अर्कोगरी सुधार आइरहेको छ । गत वर्षको आईपीएलमा थोरै अवसर पाएपनि उत्कृष्ट खेलाडीको माथिल्लो स्थानमा नाम राख्न सफल सन्दीपले बिग बासमा भने शीर्षमै नाम राखेका छन् । उनले सिड्नी थण्डरका ड्यानियल रिचर्ड साम्सलाई पछि पारेका हुन् । साम्सले ६ विकेट लिएका छन् ।

चार ओभरमा १८ रन दिएर दुई विकेट लिइरहँदा सिड्नी सिक्सर्स सन्दीपको टीम मेलवर्नसँग पराजित भएको छ । ३१ बल बाँकी रहँदै ५ विकेटले शानदार जित निकालेसँगै सन्दीपको टीम मेलवर्न स्टार चौथो स्थानमा उक्लिएको छ ।