अब विद्यासुन्दर शाक्यले कुकुर व्यवस्थापन गर्ने ! - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

अब विद्यासुन्दर शाक्यले कुकुर व्यवस्थापन गर्ने !



 

भदौ ५, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दार शाक्यले महानगरका कुकुर व्यवस्थापन गर्नु पर्ने बताएका छन् । आइतबार सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले कुकुर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

सडकमा रहेका सामुदायिक कुकुर व्यवस्थापन गर्ने, घरपालुवा कुकुरलाई दर्ता गर्ने, विधिको पालना गरेर मात्र कुकुरपाल्ने व्यवस्था गर्ने तथा पशुकल्याणमा आधारित सहरी आचरण निर्माणकालागि हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय पशु व्यवस्थापन समिति र महानगरमा यसको संयोजन गर्न छुट्टै संयन्त्र तयार गर्ने परियोजनाको लक्ष्य रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।