बिद्यासुन्दर र रेणु दाहाललाई राष्ट्रिय बिकास परिषदमा मनोनयन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

बिद्यासुन्दर र रेणु दाहाललाई राष्ट्रिय बिकास परिषदमा मनोनयन



सरकारले राष्ट्रिय बिकास परिषदको रिक्त सदस्य मनोनयन गरेको छ ।

सरकारले काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल लगायतलाई परिषदमा मनोनयन गरेको हो ।

सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल वाँस्कोटाका अनुसार मन्त्रिपरिषद बैठकले परिषदमा बिराटनगर महानगरपालिका र बिरगञ्ज महानगरपालिकाका प्रमुखद्धय भीम पराजुली र बिजय सरावगीलाई समेत सो परिषदमा मनोनयन गरेको छ ।

यस्तै जनकपुर उपमहानगरपालिकाका उपप्रमुख रीता कुमारी मिश्र, नगरपालिका संघका अध्यक्ष अशोक व्यञ्जू, गाउँपालिका महासंघका अध्यक्ष तथा संयुक्त ट्रेड युनियनका अध्यक्षपनि सो परिषदमा मनोनित भएका छन् ।

मन्त्री बाँस्कोटाका अनुसार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतपनि मनोनयनमा परेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा मन्त्री वाँस्कोटाले यो बिषयमा जानकारी गराएका हुन ।