२०७५ भदौ ४, सोमवार

काठमाडौंको कन्तबिजोग र विद्यासुन्दरका दन्त्यकथा !

August 10, 2018
56 Views
Spread the love
  • 48
    Shares

काठमाण्डौ । चुनावका बेला भोट माग्नका लागि गरिने भाषण र चुनाव जितेपछिको कामबीच कति अन्तर हुन्छ भन्ने कुरा नेपाली जनतालाई थाहा नभएको होइन । तर जनताले पटक पटक झुटो आश्वासन बाँड्ने व्यक्तिलाई चुनाव जिताएर सुखको जिन्दगी दिएका छन् । जनताले दिएको सुखको जिन्दगी पाएका एक पात्र हुन्, विद्यासुन्दर शाक्य ।

काठमाण्डौ महानगरपालिकाको मेयरमा अत्याधिक मत प्राप्त गरेर विजयी भएका शाक्यप्रति जनताको धेरै अपेक्षा थियो ।

चुनावका बेला उम्मेदवार बन्दा मेयर शाक्यले भनेका थिए, सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरको उम्मेदवार बनेको हुँ । उनको यो भनाई वास्तवमै सुन्नलायक थियो त्यसबेला, तर अहिले उनको व्यवहार र काम गराईप्रति सर्वसाधारण सन्तुष्ट हुन सकेका छैनन् ।

पछिल्लो समय उनै शाक्यले नेतृत्व गरिरहेको काठमाण्डौ महानगरपालिका फोहोरको पर्यायबाची बनेको छ । जताततै फोहर छ । सडक छेउ र चोक चोकमा दुर्गन्धित फोहोर थुप्रिएको छ । फोहर व्यवस्थापन कार्यमा महानगर पूर्ण असफल भएको छ भन्दा सायद सबैलाई स्विकार्य हुन्छ होला ।

महानगरमा यस्तो दुर्गति हुँदा मेयर शाक्य भने विदेश भ्रमणमा छन् । आफ्नो कार्यकालमा भनिने महानगर होइन, देखिने महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका शाक्यले चुनाव जितेको एक वर्षको अवधिमा के काम गरे भनेर खोज्ने हो भेटाउनसमेत मुस्किल छ ।

चुनावका बेला शाक्यले आफूले गर्ने काम र योजना सार्वजनिक गर्दा काठमाडौंको धुँवाधुलो र प्रदुषणबाट पीडित भएका महानगरबासीलाई क्लीन द सिटी’ अभियानको थालनी गरेर काठमाडौँलाई धूलो र धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहर निर्माण गर्ने आश्वासन दिएका थिए ।

शाक्यको कार्यकाल अझै चार वर्ष बाँकी छ । उनका योजना कार्यान्वयन गर्ने समय गुज्रिसकेको छैन । तर एक वर्षको अवधिमा जे जति काम गर्न सकिन्थ्यो, त्यो पनि गर्न नसकेको आरोप लागेको छ ।

पछिल्लो समय फोहोर व्यवस्थापनमा महानगरको भूमिका शुन्य देखिएको छ । काठमाण्डौमा हिँड्ने पैदलयात्री नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ । डम्पिङ साइड सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको छ । यति मात्रै होइन, सिसडोलमा फोहोर राख्ने ठाउँसमेत छैन । दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन । कुनै उपाय नभएपछि काठमाण्डौ महानगरपालिकाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन पनि भरिएपछि सडकमै फोहोर थुप्रिएको छ ।

काठमाण्डौ महानगरपालिकाको समन्वयमा सिसडोल ल्याण्डफिल साइटको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गरी राय सुझाव पेश गर्न गठित कार्यदलले सिसडोलको विकल्प खोज्न सुझाएका दिएका थिए । तर त्यो पुरा हुन सकेको भने छैन । अहिले सिसडोलमा उपत्यकाका तीनसहित धादिङ, काभ्रे र नुवाकोटको फाल्ने गरिएको छ । त्यहाँ कामपाबाट मात्र २० र अन्य जिल्ला तथा निजी क्षेत्र समेतकाले गरी दैनिक १ सय ५० वटा सवारी साधनले फोहर फाल्ने गरिन्थ्यो ।

त्यसो त फोहोर व्यवस्थापनको यो समस्या अहिलेको होइन । वर्षौ अगाडिदेखिको यो समस्या समाधान गर्न कसैले पनि सकेन । तर विगतमा भएका समस्या समाधान गर्दै जनताको चाहना पूरा गर्नु अहिलेको नेतृत्वको जिम्मेवारी हो ।

Facebook Comments
  • 48
    Shares

You may be interested

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन
स्वास्थ्य
0 shares6 views
स्वास्थ्य
0 shares6 views

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

विशाल पाण्डेय - २०७५, ४ भाद्र १७:४८

हेमन्त न्यौपाने / पुनर्वास, कञ्चनपुर । राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी…

विश्वकै धेरै कमाइ गर्ने क्रिकेटरमा भारतीय खेलाडीहरुको बर्चस्व
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

विश्वकै धेरै कमाइ गर्ने क्रिकेटरमा भारतीय खेलाडीहरुको बर्चस्व

himal post - २०७५, ४ भाद्र १२:२९

विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास…

पूर्व राजदुत मृत फेला, हत्या कि मृत्यु ?
समाचार
0 shares17 views
समाचार
0 shares17 views

पूर्व राजदुत मृत फेला, हत्या कि मृत्यु ?

himal post - २०७५, ४ भाद्र १२:१६

काठमाडौं । पूर्व राजदुत केशवराज झा आफ्नै निवासमा मृत भेटिएका छन् । फ्रान्सको लागि नेपालका राजदुत रहिसकेका झा आफ्नो निवासमा…