विद्यार्थीसँग घुस असुल्ने अस्पतालका प्रुमख अख्तियारको फन्दामा - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

विद्यार्थीसँग घुस असुल्ने अस्पतालका प्रुमख अख्तियारको फन्दामा



काठमाडौं – नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार अस्पतालमा अन द जव ट्रेनिङका लागि आएका ३५ जना विद्यार्थीबाट यादवले जनही एकहजार रुपैयाँका दरले घुस लिएका हुन् ।

आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।