विद्यादेवी भण्डारीले पुनः सथप लिने - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

विद्यादेवी भण्डारीले पुनः सथप लिने



पदमुक्त भैसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट हिजो मात्रै सपथ लिएकी राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक दबाबमा परेकी छन ।

मंगलबार राष्ट्रपतिमा दोश्रो कार्यकालका लागि निर्वाचित भण्डारीले संवैधानिक व्यवस्थाअनुसार बिहीबार प्रधानन्यायाधीश पराजुलीबाट शीतलनिवासमै सपथ लिएकी थिइन् । तर, सथप दिलाउन पुगेका पराजुली पदमुक्त भइसकेको पत्र त्यसअघि नै न्यापरिषद सचिवले सार्वजनिक गरिसकेका थिए । सम्पूर्ण तयारी पूरा भइसकेकाले राष्ट्रपतिले अवकाश पाइसकेका पराजुलीको हातबाट सथप लिइन् ।

उनीसँग चुपचाप बस्ने वा पुनः सपथ लिने दुई विकल्प छन् ।

तर, उनलाई अहिले पुनः सपथ लिन सुझाव आइरहेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले अवकाश पाइसकेका पराजुलीको हातबाट खाएको सपथमाथि कानुनी, संवैधानिक र नैतिक प्रश्न उठेकाले पुनः सपथ लिँदा राम्रो हुने बताइएको छ ।

अर्यालले भने ‘सपथमाथि प्रश्न उठेको छ’ ‘राष्ट्रपतिज्यूले पुनः सपथ लिनुभए राम्रो हुन्छ ।’ शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीसमेत पुनः सपथ लिने मनस्थितिमा पुगेकी छन् ।