विद्यासुन्दर शाक्य काठमाडौँको मेयरमा फेरि उठ्ने - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

विद्यासुन्दर शाक्य काठमाडौँको मेयरमा फेरि उठ्ने



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुन: एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन्।

बिहीबार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका हुन्।

‘‘पार्टीले आवश्यकताअनुसार जिम्मेवारी दियो भने मेयरमा दोहोरिन्छु, होइन भने जसलाई दिए पनि हामी जित्नेगरी तयारी अवस्थामा छौँ,” उनले भने।

आफ्नो कार्यकालमा धेरै शिलान्यास गरेकोमा सम्पन्न भएपछि फेरि आएर उद्घाटन गर्ने उनले बताए। ‘‘विकास निर्माणका काम निरन्तर चलिरहन्छन्। एउटा सकिन्छ, अर्को काम शुरु हुन्छ। यो निरन्तर रूपमा चलिरहन्छ।

हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौं। शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बनेपछि आएर पुन: उद्घाटन गर्छौं,’’ उनले भने।