रवीन्द्रकी श्रीमतीलाई चुनाव लडाउने प्रचण्डको खुलासा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रवीन्द्रकी श्रीमतीलाई चुनाव लडाउने प्रचण्डको खुलासा



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउने बताएका छन् ।

सोमबार पोखरामा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली भएको कास्की–२ को सांसदका लागि अधिकारी पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताएका हुन् ।

‘वामदेवजीको चर्चा त्यतिकै आयो । त्यो होइन । उहाँले खण्डन गरिसक्नुभयो । पार्टीले जिल्लाको पनि विचार र परिस्थिति हेर्नुपर्ने हुन्छ,’ प्रचण्डले भने, ‘परिवारको सदस्यभित्रबाट जाँदा उहाँको परिवार पनि राजनीतिक परिवार हो । नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी । यी सबैप्रति विचार गरेर पार्टीले निर्णय गर्छ ।’