कास्की २ मा विद्याको जीत निश्चित - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

कास्की २ मा विद्याको जीत निश्चित



पोखरा । कास्‍की २ को उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता बढाउंदै लागेकी छन् ।

सात वडाको मत गन्दा सम्म उनको जीत लगभग पक्का जस्तै भएको छ ।

अहिले उनले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् ।

अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए ।

११ वडामध्ये अझै ५ वडा वडाको मतगणना बाँकी नै छ ।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा र कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् ।

७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ । वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ । अहिले ११ नम्बर वडाको मतगणना थालिएको छ ।