यसकारण विद्रोही बने नारायणकाजी ?
काठमाडौं । नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठले पदबाट राजनीमा दिएका छन् । कम्युनिष्ट पार्टीमा प्रवक्ताले पार्टी अध्यक्ष बराबरकै हैसियत राख्छ । यस कुराको उदाहरण जननेता मदन भण्डारी स्वंय हुन् । उनी पार्टीको महसचिव हुँदा आफैँ प्रवक्ता पनि थिए ।
त्यस हिसावले प्रवक्ता श्रेष्ठको भूमिका नेकपाकमा महत्वपूर्ण हुनुपर्ने थियो । किनभने श्रेष्ठ पार्टी एकिकरण हुनुभन्दा अगाडि माओवादी केन्द्रको उपाध्यक्ष थिए । नेकपा स्थापनामा उनको महत्वपूर्ण भूमिका थियो । माओवादी केन्द्रभित्र पार्टी एकता भाँड्न खोज्ने नेताहरुविरुद्ध उनी खुलेरै भिड्ने गर्थे ।
राष्ट्रवादी अडान, स्पष्ट वक्ता भएकै कारण उनी पार्टीभित्र मात्रै होइन पार्टी बाहिर पनि उत्तिकै लोकप्रिय छन् । तर, पार्टी एकीकरणमा त्यती ठूलो भूमिका खेलेको भए पनि उनलाई नाम मात्रको प्रवक्तामा थन्क्याइयो । अर्थात् भूमिका बिहीन बनाइयो । त्यही झोंकमा उनले प्रवक्ताबाट राजीनामा दिए । उनको राजीनामालाई नेकपाका अध्यक्षद्वयले गम्भीररुपमा लिनुपर्छ । किनभने पार्टी एकीकरणपछि नेकपाभित्र असन्तुष्टि चुलिँदो छ । त्यसलाई विस्फोट हुनुबाट रोक्नुपर्छ । आजको दृष्टि साप्ताहिकबाट ।