बिद्यार्थीलाई बलात्कारको प्रयास गर्ने शिक्षक कैलाली प्रहरीद्वारा पक्राउ - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

बिद्यार्थीलाई बलात्कारको प्रयास गर्ने शिक्षक कैलाली प्रहरीद्वारा पक्राउ



कैलाली । आफ्नै बिद्यार्थीलाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–६ स्थित रघुनाथ आदर्श उच्च माध्यमिक विद्यालयका शिक्षक नारायण प्रसाद चौधरीलाई सोही विद्यालको कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाले दिएको लिखित उजुरीपछि शिक्षक नारायण चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीले जानकारी दिनुभयो । शिक्षक चौधरीले १८ गते राती घर पु¥याइदिने भन्दै आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको छात्राले उजुरी दर्ता गराएकी छिन् । १८ गते बर्दियाको ठाकुरद्धारा वनभोज खाएर बौनिया पुगेपछि शिक्षक चौधरीले बर्दगोरिया गाउँपालिका–५, ठाकुरद्धारा पुगाईदिने भन्दै लगेर बाटोमा बलात्कारको प्रयास गरिएको छात्राले बताएकी छिन् ।

छात्राले आफ्ना साथीलाई शिक्षकले बलात्कारको प्रयास गरेको बताएपछि हिजो प्रहरीलाई मौखिक जानकारी गराइएको थियो । शुक्रबार लिखित उजुरी परेपछि प्रहरीले शिक्षक नारायण प्रसाद चौधरीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीले बताउनुभयो ।