विद्यार्थीको आन्दोलनले तानसेन –तम्घास सडक खण्ड अवरुद्ध - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विद्यार्थीको आन्दोलनले तानसेन –तम्घास सडक खण्ड अवरुद्ध



पाल्पा । तानसेन –तम्घास सडक खण्ड अवरुद्ध गरेर विद्यार्थी सडक आन्दोलनमा उत्रेका छन् । केपी ओली नेतृत्वको सरकारले वाइडबडी जहाज खरिदमा अनियमितता गरेकाेलाई लुकाउन खोजेकाे, रमेश चौधरीलाई शपथ खुवाएको, निर्मला पन्तको अभियुक्तलाई कानुनी दायरामा नलाएको भन्दै नेविसंघ र अखिल छैठौंका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलित विद्यार्थीहरूले सरकारविरुद्ध चर्को नाराबाजी लगाउदै तानसेन–तम्घास खडकखण्ड एक घण्टासम्म ठप्प पारेका छन् ।विद्यार्थीले गरेको एक घण्टा चक्का जामले बुटवल हुँदै गुल्मी तम्घास , अर्घाखाँची , बागलुङ , स्याङ्गजा र पर्वतका लागि छुटेका सवारीसाधन बिच बाटोमै रोकिएका छन् ।