विद्यालय जाँदै गरेकी छात्रा माथि नवलपरासीमा चक्कु प्रहार । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विद्यालय जाँदै गरेकी छात्रा माथि नवलपरासीमा चक्कु प्रहार ।



रबिन्द्र यादव/नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती- सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ ।

चक्कु प्रहार बाट छात्रा सामान्य घाइते भएकी छिन । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ ।

साइकलबाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासि चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । अहिले तिनै अज्ञात ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन ।