विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा लेखापाल बीसी बर्खास्त
हिमाल पोस्ट / बौनिया ,कैलाली ।
कैलालीको बर्दगोरिया गाउपालिका- ३ मा रहेको जगदम्बिके भगवती माध्यामिक विद्यालयका लेखापाल गोबिन्द बुढा क्षेत्री लाई बिद्यालयको ५ लाख २३ हजार २ सय १० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विद्यालयबाट बर्खास्त गरीएको छ । बिहीबार विद्यालयमा भएको अभिभावकको भेलाले भ्रष्टाचार गरेका लेखापाल वि.सी.लाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
आर्थिक बर्ष २०७४/०७५ को पुष मसान्त सम्मको नगद मौज्दात बिधालयको बैंक दाखिला नभएको र लेखापाल गोबिन्दले मनोमानी ढङ्गले रकम हिनामिना गरेको पाईएको पछि विद्यालयको लेखापाल बाट बर्खास्त गरेको
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीले बताए ।
यता, बीसीले भने विद्यालयले छानबिन नै नगरी आफूलाई हिनामिना गरेको आरोप लगाएको बताए । उनले भने, विद्यालय छानबिन समिती गठन नै नगरी दोहोरो कारबाहीको निर्णय गरियो, यो दु:खद र अन्यायपूर्ण हो ।” आम भेलामा बर्खास्त गर्नुपर्छ भन्ने कुनैपनि अभिभावकबाट आवाज नआएको बताउदै बीसीले बर्खास्तको निर्णयमाथी विद्यालय व्ययवस्थापन समितिले पुनबिचार गर्न मिल्ने निर्णय भएकाले आगामी बैठकबाट टुंगो लाग्ने बताए ।