विद्युत कार्यालयमा मिटर नहुँदा स्थानीय सेवा बाट बञ्चित - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

विद्युत कार्यालयमा मिटर नहुँदा स्थानीय सेवा बाट बञ्चित



जुद्ध चाैधरी / पुनर्वास, कञ्चनपुर ।
विद्युतको मिटर नहुँदा बिगत ८ महिना देखि नेपाल विद्युत प्राधिकरण कञ्चनपुरले नयाँ ग्राहक फारम बन्द गरे पछि स्थानिय सेवाबाट बञ्चित भएका छन।

कार्यालयमा मिटरको अभाव भए पछि नयाँ विद्युत मिटर राख्न चाहने ग्राहकले फारम दर्ता गर्न नपाएपछि स्थानियहरू समस्यामा परेका हुन । नयाँ मिटरका लागि फारम दर्ता बन्द भएपछि बेलाैरी ,पुनर्वास र लालझाडीका स्थानियवासी छिमेकीकाे घरबाट लाईन तानेर विद्युत आपूर्ति गर्न बाध्य भएका छन । छिमेकी घरबाट समेत लाईन तान्न नपाएकाहरू भने नयाँ मिटरकाे अाशमा बसिरहेका छन ।

छिमेकीकाे घरबाट काम चलाउ लाईन तानेर केही दिन काम चले पनि अहिले छिमेकीले समेत बिद्युत लाईन कटाैती गरेपछि अाफु अन्धकारमा बस्न बाध्य भएकाे पुनर्वासका एक स्थानीय वीर बहादुर चाैधरी बताउछन। यस्तै गुनासाे सुनाउछन एक अर्का जैसरी सुनारले, छिमेकिले अाफ्नाे घरबाट बिजुली लाईन तान्न नदिएपछि अाफु निकै समस्यामा परेकाे बताउछन। अाफ्नाे नाममा निजि मटिर भए अरूकाे कुरा सुन्न नपर्ने र ढुक्क भएर बिजुली प्रयाेग गर्न पाइन्थ्याे भन्ने गुनासाे पाेख्छन । अहिले नयाँ बिद्युत मिटरका लागि निवेदन दर्ता राेकिए पछि बेलाैरी, पुनर्वास तथा लालझाडीका स्थानियहरू विद्युत सेवा उपभाेग गर्न पाएका छैनन।

विद्युत प्राधिकरणकाे क्षेत्रिय कार्यालयमा समेत नयाँ मिटर नभएका कारण नयाँ मिटरका लागि फारम दर्ता बन्द
गरिएकाे नेपाल विद्युत प्राधिकरणकाे बेलाैरी शाखाका प्रमुख प्रविण कर्णले बताउनु भयाे । बेलाैरी शाखामा नयाँ मिटर अाउने बित्तिकै फारम दर्ता  गरिने पनि उहाँले बताउनु भयो ।