विद्युत अापुर्तिको माग राख्दै पुनर्वास विद्युत महसुल कार्यालयमा तालाबन्दी  - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

विद्युत अापुर्तिको माग राख्दै पुनर्वास विद्युत महसुल कार्यालयमा तालाबन्दी 



धन बहादुर बिक
पुनर्वास,कञ्चनपुर । विद्युत अापुर्तिको माग राख्दै बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गत एक वडावासीले पुनर्वास मा रहेको विद्युत कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन ।

जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर ६ चौरासी टोलका वडावासीले बिगत तीन बर्ष देखी अत्यन्तै डिमलाईट विद्युत्तिय सेवाको मार खेप्नु परेको भन्दै पुनर्वास मा रहेको फ्यूज सेवा तथा महसुल काउन्टरमा तालाबन्दी गरेका हुन ।

विद्युत अापुर्ति सहज गरिदिन नगरका जनप्रतिनिधि र प्राधिकरण मा समेत पटकपटक लिखित जानकारी दिंदा समेत कुनै सुनवाइ हुन नसकेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीय कृष्णसिंह ठकुरीले बताए । जेठ असार मसान्तसम्म १०० केबि को ट्रान्सर्फमर जडान गरिदिने वडा कार्यालय तथा प्राधिकरण बाट जनाईएको थियोे हाल सम्म पनि कुनै पहल हुन सकेन कान्छा लामा तामाङले बताए ।

डिमलाईटका कारण सामान्य सिएफयल बल्भ र मोबाइल पनि चार्ज हुन नसकेको स्थानीय श्याम बहादुर बिकले भने । विद्युत्तिय सेवा नै नलिई विद्युत महसुल बुझाउनु परेको छ वडावासी नरबहादुर तामाङले गुनासो गरे । विद्युत अापुर्ति सहज नभएसम्म तालाबन्दी गरिने स्थानीय शमशेर गुरूङले बताएका छन भने यति गर्दा पनि सम्बन्धित निकायले कुनै सुनवाइ नगरेमा कञ्चनपुर विद्युत कार्यालयमा समेत धर्ना दिने स्थानीय जित बहादुर तामाङले चेतावनी दिएका छन ।

यस बिषयमा वडा अध्यक्ष मन बहादुर गुरूङका अनुसार वडावासीको विद्युत्तिय समस्या समाधान गरिदिन विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरिया र कञ्चनपुर जिल्ला मा लिखित पत्राचार गरिसकेको बताए । यधपी जिल्ला स्थित विद्युत प्राधिकरण कार्यालय प्रमुख पुष्पराज पन्तले एक साता भित्रै समस्या समाधान गरिने बताएका छन ।

उता वडा नम्बर ६ कै सुकुम्बासी टोलमा विद्युत्तिय पोल गाडेको तीन बर्ष बितिसक्दा पनि तार समेत जडान हुन नसकेको गुनासो गरेका छन । विद्युतको अभावमा नेपाल भारत सिमा क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी हरू टुकिबत्तीको भरमा रात बिताउनु परेको स्थानीय समाजसेवी तथा शिक्षक दानबहादुर सुनारले बताए । नेताहरूले चुनाव अघि भोट पाउने अाशामा पोल गाडेर देखाए तर तार जडान नहुंदा अन्धकार मा बस्न बाध्य छौ स्थानीय पानमती सुनारले बताईन ।