राप्रपा महाधिवेशन:विधान संशोधन प्रस्ताव पारित - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

राप्रपा महाधिवेशन:विधान संशोधन प्रस्ताव पारित



काठमाडौँ, फागुन ८

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पारित भएको छ ।  भृकुटीमण्डपमा शनिबार जारी बन्द सत्रमा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गर्नुभएको सो प्रस्ताव परिमार्जनसहित पारित गरिएको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार परिमार्जन गरिएपछि अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिनेछ, जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । अब १६३ सदस्यीय केन्द्रीय समिति बनाइने भएको छ ।  यसअघि एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको प्रस्ताव गरिएको थियो ।  १६१ सदस्यीय केन्द्रीय समितिका लागि प्रस्ताव गरिएको थियो ।

पार्टीका युवा नेता देवेन्द्र प्रधानले विधानको टुङ्गो लागेपछि मतदाता नामावली प्रकाशनको कार्य अगाडि बढाइने बताउँदै तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि गरिएको महाधिवेशनमा नेताहरू नेतृत्वप्रति बढी केन्द्रित देखिएकामा चिन्ता व्यक्त गर्नुभयो ।