विधान विपरीत पत्रकार महासंघ अर्घाखाँचीको मध्यरातमा फेसबुक मार्फत नयाँ कार्यसमिति घोषणा - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

विधान विपरीत पत्रकार महासंघ अर्घाखाँचीको मध्यरातमा फेसबुक मार्फत नयाँ कार्यसमिति घोषणा



हिमाल पोस्ट /अर्घाखाँची फाल्गुन ५ 

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छौठौं जिल्ला अधिबेशनमा बन्द शत्रका आवश्यक प्रक्रियामा समेत सहभागि नगराई मध्यरातमा नयाँ कार्यसमिति घोषणा गरिएको छ ।जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको सक्रियतामा पदाधिकारीहरु र सदस्यहरु राजनीतिक दलले बाँडफाँड गरी गएराती फेसबुक मार्फत नयाँ कार्य समिति घोषणा गरिएको हो ।

उम्मेदवारी नै घोषणा गरेका स्वतन्त्र पत्रकारहरुलाई उम्मेदवारी दर्ता नै गर्न नदिइ, सम्पूर्ण चुनावी प्रक्रिया स्थगित गरी हिम बहादुर जि.सी.को नेतृत्वमा कार्य समिति घोषणा गरिएको हो ।

निर्वाचन मण्डलका संयोजक समेत रहेका एमाले उपसचिव प्रेम नारायण गैरेले मध्यरातमा घोषणा गरेको नयाँ कार्य समितिमा उपाध्यक्षमा माओवादी केन्द्रबाट गणेश खनाल, समावेसी उपाध्यक्षमा राष्टिय जनमोर्चाबाट भगवता पाण्डे, सचिवमा नेपाली काँग्रेसबाट सुर्य प्रसाद भुसाल, सह सचिवमा नयाँ शक्ति पार्टी नेपालबाट विष्णु ढुंगाना, समावेसी सहसचिवमा विप्लव माओवादीका अनिल नेपाली र कोषाध्यक्षमा राष्टिय जनमोर्चाबाट विनोद गैरेलाई घोषणा गरिएको छ ।विधान विपरीत, न्यूनतम मुल्य मान्यता समेत पालना नगरी गरीएको कार्यसमिति घोषणाका विरुद्ध कानूनी उपचार खोज्ने पत्रकारहरुले बताएका छन् ।