विदेशमा कसको विश्वास ? नेपालीद्वारा नेपाली माथी चक्कु प्रहार - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

विदेशमा कसको विश्वास ? नेपालीद्वारा नेपाली माथी चक्कु प्रहार



मलेसिया ।मलेसियामा कार्यरत जनकपुर पिराडी चोक ८ का ताहिर हुसेन माथी नेपालीले नै चक्कु प्रहार गरि घाइते बनाएका छन।

अबैधानिक रूपमा मलेसियाको जोहोर राज्यमा काम गर्दै आएका हुसेनलाई गत १ तारीख सर्लाही मलङ्वाका राजेस कुमार राहुत र मिर्चैयाका जितेन्द्र यादवले ज्यान लिने उदेश्य सहित आक्रमण गरेको पीडित हुसेनले बताएका छन।

एउटै कोठामा खाने बस्ने साथीहरूले घरमा समस्या पर्यो भनी आफू सङ पैसा लिएको र आफू घर फर्किन लाग्दा उक्त रकम मागे पछी नजिकैको चौरमा राती भेट्न बोलाएर एक्कासि चक्कु प्रहार गरि घाइते बनाएको हुसेनको भनाइ छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका हुसेनलाई साथीहरूको सहयोगमा अस्पतालमा भर्ना गरिएको छ भने उनको घाटी र कोखमा गहिरो चोट लागेको छ । घटना बारे मलेसिया स्थित नेपाली दुतावासलाई जानकारी गराइसकेको र केही दिनमा आफू नेपाल फर्कने तयारी रहेको हुसेनले बताएका छन।