विदेशको मोह त्यागेर दाजुभाइ स्वदेशमै व्यावसायिक टर्कीपालनमा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

विदेशको मोह त्यागेर दाजुभाइ स्वदेशमै व्यावसायिक टर्कीपालनमा



आभास पौडेल/कपिलवस्तु

कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् ।

रु १४ लाखको लगानीमा १ वर्ष अघिदेखि सुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल र युधीर पौडेलले चार कट्ठामा खोर बनाएका छन् भने ६  कट्ठामा स्टाइलो रियो सन्टी सिभो जातको घाँस लगाएका छन् ।

बिस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन्स्वदेशमा केही काम पाइँदैन, पाए पनि खासै आम्दानी हुँदैन भन्ने आम मान्यतालाई चुनौती दिँदै यहाँका युवाले सामूहिक टर्कीपालन गरी मनग्य आम्दानी गरेका छन् ।

स्वदेशमै केही गरेर देखाउन शिवराज नगरपालिका–३ खरेन्द्रपुरका यी दाजुभाइ टर्कीपालनमा कम्मर कसेर लागेका छन् । कुनै पनि कामले मानिसलाई सानो र ठुलो नबनाउने भन्दै राम्रो अध्ययनपछि आफूहरू टर्कीपालनमा लागेको उनीहरू बताउँछन् ।

मेहनत र परिश्रम गरे जुनसुकै काम वा व्यवसायबाट पनि प्रशस्त लाभ लिन सकिने उनीहरूको दाबी छ । स्वदेशमै लगानी गरेर आफ्नो पहिचान कायम गर्न उनीहरू व्यावसायिकरुपमा टर्कीपालनलाई अँगालेकाको सञ्चालकद्वारा बताउँछन् ।