विदेशबाट आउनेको खोजीकार्य तिब्र - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

विदेशबाट आउनेको खोजीकार्य तिब्र



पाल्पा । बैदेशिक रोजगारीबाट फर्किएकाहरुबाट कोरोना भाइरसको संक्रमण जोखिम रोकथाममा चुनौती बन्न थालेपछि स्थानीय तहहरुले त्यस्ता व्यक्तिहरुको तथ्याङक संकलन सुरु गरेका छन् । तथ्याङकसंगै उनिहरुलाई निगरानीमा राखेर घरमै वा स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ ।

पछिल्लो एक हप्तामा जिल्ला भित्र एक हजार ७३ जना भन्दा बढी भारत र तेस्रो मुलकबाट आफ्नो घर फर्किएको तथ्याङक भेटिएको छ । उनिहरुमा संक्रमणको लक्षण देखापरेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परिक्षण गर्न समेत वडाध्यक्षहरु र वडा सदस्यहरु गाउँ गाउँमा खटिएका छन् ।

तानसेन नगरपालिकामा ७९ जना भारतबाट र ३१ जना तेस्रो मुलुकबाट गरेर जम्मा एक सय १० जना नगरपालिका भित्रिएको पत्ता लागेको छ । रामपुर नगरपालिकामा एक सय ३५ जना भारत र तेस्रो मुलुकबाट भित्रिएका छन ।

जिल्लामा रिव्दीकोट गाउँपालिकामा एक हप्तामा एक सय २५ जना भारतबाट र २० जना तेस्रो मुलुकबाट गरी १४५ जना गाउँ फर्किएका छन् । रम्भा गाउँपालिकामा ४९ जना भारतबाट र ४ तेस्रो मुलुकबाट जना घर आएका छन् । उनिहरुको घरमा पुगेर संक्रमणबाट बच्ने सुरक्षा उपायको बारेमा जानकारी दिएको यदी घरमा बस्न अटेर गरेमा गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

पुर्वखोला गाउँपालिकामा एक सय ११ जना भारत र तेस्रो मुलुकबाट गरी देशबाट गाउँ भित्रिएका छन । तिनाउ गाउँपालिकामा एकहप्तामा ३८ जना भारतबाट र ७ जना तेस्रो मुलुकबाट गरी ४५ जना भित्रिएका छन् । बगनासकाली गाउँपालिकामा ५९ जना भारतबाट र ७४ जना व्यक्तिहरु १५ जना तेस्रो मुलकबाट गरी एकहप्तामा ७४ जना भित्रिएका छन् ।

यसरी गाउँ फर्किएकाहरुलाई जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुले भेटेर वा फोन मार्फत घरमै क्वारेन्टाइनमा बस्न, रुघाखोकी ज्वरो आएमा नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । रैनादेवी छहरा गाउँपालिकामा एक हप्तामा २ सय ७५ जना भारतबाट र १३ जना तेस्रो मुलुकबाट गरी २ सय ८८ जना गाउँ आएका छन् ।

जसमध्ये वडा नंं ३ भुवनपोखरीको ढुकुर खोलामा भारत आएका ४ जनालाई क्वारेन्टाइनमा राखेको छ । माथागढी गाउँपालिकामा ६५ भारतबाट जना र १० जना तेस्रो मुलकबाट गरी ७२ जना व्यक्तिहरु गाउँमा फर्किएका छन् । निस्दी गाउँपालिकामा ५७ जना भारत र तेस्रो मुलकबाट गाउँ फर्किएका छन् ।

जिल्लामा ४७ जनालाई स्थानीय सरकारहरुले क्वारेन्टाइनमा राखेका छन् । तानसेन नगरपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना, पूर्वाखोला गाउँपालिकामा १९ जना, रम्भा गाउँपालिकामा ५ जना र रिब्दीकोट गाउँपालिकामा ३ जना क्वारेन्टाइनमा रहेका छन् । ज्वोरो आएका ४७ जना बिरामीहरुको शुक्रबार परिक्षण गरेपनि संक्रमणको लक्षण भने देखिएको छैन । निजी मेडिकल कलेजहरुले ज्वोरो आएका बिरामीहरुलाई उपचार गर्न आनाकानी गरेका छन् । तानसेन नगरपालिका ६ जैसीचौपारीका बुद्ध बहादुर बिं.क ज्वोरो आएर लुम्बिनी मेडिकल कलेजमा उपचारका लागी पुगेपनि उनको जाँच नगरको उनका आफन्तहरुले बताए ।