बिदेश पढ्न जाने चाहना पूरा गर्न ड्रीम्स एजुकेसन कन्सल्टेन्सी अब धनगढीमा  - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

बिदेश पढ्न जाने चाहना पूरा गर्न ड्रीम्स एजुकेसन कन्सल्टेन्सी अब धनगढीमा 



किशोर तामाङ / धनगढी ,कैैैलाली ।। 
सुदूर पश्चिमका युवावर्गको विदेश पढन जाने चाहना पूरा गर्ने लक्ष्य लिएर कैलालीको धनगढीमा ड्रीम्स एजुकेसन कन्सल्टेन्सीले शाखा बिस्तार गरेको छ ।

शिक्षाका लागि नेपाली विद्यार्थीहरु पठाउदै आएको ड्रीम्स कन्सल्टेन्सीले अब अष्ट्रेलिया, अमेरीका, क्यानाडा लगायतका थुप्रै देशहरुमा अध्ययनका लागि पठाउन धनगढीमा समेत सेवा विस्तार गरेको हो ।

अध्ययनका लागि विदेश जाने र वैदेशिक डिग्री लिने चलन नयाँ पुस्ताको रहर र वाध्यता बनेको वर्तमान परिप्रेक्ष्यमा देशका विभिन्न शहरहरुमा थुप्रै कन्सलटेन्सीहरु स्थापित भैसकेका छन ।

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि अब काठमाडौँ धाउनुपर्ने र खर्चिलो हुने विगतको परम्परालाई तोडदै पहिलो पटक अष्ट्रेलिया, अमेरीका, क्यानाडा र जापान अध्ययन गर्न चाहने युवाहरुका लागि सुनौलो अवसर लिएर शाखा स्थापन भएकाले यस क्षेत्रका युवामाझ नयाँ उत्साहको संचार गराएको छ ।

जापानका १०० भन्दा बढि स्कुल संग सोझै सम्बन्ध भएको अष्ट्रेलिया, अमेरीका, क्यानाडा, जापान र युरोपका विभिन्न विश्वविद्यालयहरुसंग सहकार्य गर्दै आइरहेको यस संस्थाबाट प्रदेश नम्बर सातका विद्यार्थीहरुले लाभ लिन सक्ने कन्सल्टेन्सीले जनाएको छ । विद्यार्थीहरुलाई भिजाका लागि काठमाडौं नै धाउन नपर्ने किसिमले सो समस्या हटाउन र भिजा सम्बन्धि सम्पुर्ण काम यहिबाट गरेर विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ धनगढी आएको ड्रीम्स एजुकेशन कन्सल्टेन्सी धनगढीका प्रबन्ध निर्देशक हेमन्त रेग्मीले बताउनु भयो ।

सहि सल्लाह र परामर्शका लागि तालिम प्राप्त काउन्सलर जो जापान बाट दाईगाक्को अर्थात बिश्वबिद्यालयको अध्ययन सक्काएर आएका शिक्षक द्वारा जापानीज भाषाका कक्षा हरु सन्चालन हुदै जापानबाट कलेज प्रतिनिधि अन्तर्वार्ताका लागि सोझै धनगढीमै आउने, विद्यार्थी भिजा पेश गर्न के गर्ने कसरी गर्ने कहाँ बाट गर्ने कुन प्रकृया हुन्छ्न जस्ता कुरा हरु यस क्षेत्रका विद्यार्थीमा दुबिधा रहेको हुदा यो दुबिधा हटाउन अभिभवाक र विद्यार्थी दुबैलाई जानकारी दिन ,भिजा सम्बन्धि राजदुतावासमा अन्तर्वाता टिप्स, डकुमेन्टसन सम्बन्धि सम्पुर्ण कागजातहरु, काठमाडौबाट नै आएको जापान तथा विदेशकै डिग्री भएका अनुभवि शिक्षकहरुको टिम, कलेज र विश्वबिद्यालय हरु सम्बन्धि जानकारी, जापानका कलेजका प्रतिनिधि सोझै अन्तर्वातका लागि धनगढीमै आउने र अत्यधिक भिजा सक्सेस रेट ड्रिम्सका मुख्य आकर्षण रहेको र ड्रिम्सले विद्यार्थी र अन्तराष्ट्रिय कलेज तथा युनभरसिटी बिचमा एउटा पुलको भुमिका निभाउनका लागि स्थापना भएको ड्रीम्स एजुकेशन कन्सल्टेन्सी धनगढीका निर्देशक रेग्मीले जिकीर गर्नुभयो ।

यस संस्थाको स्थापनाले यहाँका युवा वर्गको विदेस अध्ययन गर्ने तिव्र चाहना पूरा हुनेअभिभावकहरु बताउछन । यस संस्था एउटा अपरिहार्य आवस्यकता र प्रदेश ७ को शैक्षिक र आर्थिक बिकासको अनन्त सहयात्र बन्ने सम्भावना बोकेको स्थानिय जानकारहरुले बताउनुभयो ।