विदेशबाट आउँदा मदिरा ल्याउन नपाइने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

विदेशबाट आउँदा मदिरा ल्याउन नपाइने



काठमाडौं– विदेशबाट फर्कदा मदिरा ल्याउन नपाइने भएको छ। विगतमा १ लिटरसम्म मदिरा ल्याउन पाइने प्रावधान थियो।

सरकारले बजेटमार्फत व्यक्तिगत प्रयोजनका लागि विदेशबाट मदिरा ल्याउन नपाउने नियम लागू गरेको हो। सो सुविधाले मदिरा तस्करी बढेको भन्दै यस्तो नियम लगाइएको हो।

भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाका अनुसार बजेटसँगै आएको अर्थ बिधेयकले विदेशबाट मदिरा ल्याउन निषेध गरेको हो। कसैले ल्याएमा त्यो भन्सारले जफत गर्ने उनले बताए। जेठ १५ गतेदेखि नै सो नियम लागू भइसकेको छ।

मदिरा ल्याउन निषेध गर्दा करिब एक अर्ब राजश्व बढ्ने अनुमान रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

मदिरा निषेध गरेपनि ६ केजीसम्म खानेकुरा ल्याउन पाइने प्रावधान भने यथावत् राखिएको छ।

राजश्व बढाउन सरकारल सुन आयातमा समेत कडाई गरेको छ। विगतमा ५० ग्रामसम्म सुन ल्याउन पाइनेमा अब ५० ग्रासम्मको प्रति १० ग्रामको ५ हजार २ सयका दरले र ५० देखि एक सय ग्रामसम्म प्रति १० ग्रामको ६ हजार २ सयका दरले भन्सार तिर्नुपर्ने हुन्छ।

एक सय ग्राम भन्दा धेरै सुन भने ल्याउन पाइन्न।