बिदेशबाट घर फर्किंदा न श्रीमती, न सम्पत्ति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बिदेशबाट घर फर्किंदा न श्रीमती, न सम्पत्ति



काठमाडौं, साउन १८ ।

गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन् ।

उनको विवाह भएको १३ वर्ष भयो । श्रीमती, एक छोरा र दुई छोरीका पिता बाबुराम बिदा सकेर हरेक वर्ष खुसीखुसी काममा फर्किन्थे । तर, यसपटकको उनको यो बिदा निकै पीडादायी रह्यो ।

नौमहिने दुधेबालक छोडेर श्रीमतीले घर छाडेपछि बाबुरामको बिदा पीडादायी भएको हो,नयाँ पत्रिकामा खबर छ ।

बाबुरामका अनुुसार श्रीमती बिना बैंकबाट चार लाख रुपैयाँ निकाल्ने भन्दै तीन दिनअघि घरबाट सदरमुकाम तम्घास गएकी थिइन् । तर आजसम्म उनको अत्तोपत्तो छैन ।

बाबुरामका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि खातामा छैन । बिनाले घरमा भएको लैनो भैसी, तीनवटा बाख्रा पनि बेचिसकेकी थिइन् । ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थी,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझ्दा१९ लाखमा एक रुपैयाँ छैन ।’

पछि गाउँमा बुझ्दा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैको हल्ला छ ।’