राष्ट्रपतिमा निर्वाचित हुनासाथ बाइडेनले उल्टाए ट्रम्पको नीति - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

राष्ट्रपतिमा निर्वाचित हुनासाथ बाइडेनले उल्टाए ट्रम्पको नीति



आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्।

१३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन्।

उनले भने, ‘कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो। लगातार बढिरहेको संक्रमण राेक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हाे।’

जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरे।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको सुरुवातमा त मास्क बहिष्कारै गरेका थिए भने सार्वजनिक कार्यक्रममा समेत उनी बिनामास्क हिँडेका थिए।

अलि पछि मात्र उनी मास्क लगाउन बाध्य बनेका थिए। तर पनि उनले काेराेनाबाट बच्न मास्क लगाउनुपर्छ भनेर आम नागरिकलाई कहिले भनेनन्।

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्नु पनि ट्रम्प पराजयकाे एउटा प्रमुख कारण मानिएकाे छ।

बाइडेनले गठन गरेको काभिड-१९ टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख छन्।

महामारी नियन्त्रणका लागि राज्य एवं स्थानीय अधिकारीको समेत सरसल्लाह लिने नवनिर्वाचित राष्ट्रपति बाइडेनले बताए।