बाइडेनको सुरक्षा व्यवस्था कडा पारियो - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

बाइडेनको सुरक्षा व्यवस्था कडा पारियो



एजेन्सी– अमेरिकी राष्ट्रपतिको सुरक्षामा खटिने ऐजेन्सी सेक्रेट सर्विसले अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनको नजिकको सुरक्षा घेरा कडा पारेको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा बाइडेनले चुनाव जित्ने निश्चित भएसंगै सीक्रेट सर्विसले सुरक्षा व्यवस्था अझै कडा पारेको हो । सीक्रेट सर्विसले एजेण्टको अतिरिक्त एउटा टिमलाई डेलावेयरको विल्मिंगटनस्थिथ बाइडेनको प्रचार कार्यालयको सुरक्षामा समेत खटाएको छ । जहां स्थानिय प्रहरी र अर्धसैनिकको टुकुडीले समेत सुरक्षा दिइरहेको छ ।

गत जुलाईमा डेमोक्रेटिक पार्टीले बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेसंगै सीक्रेट सर्विस उनको सुरक्षामा तैनाथ भएको हो । चुनाव प्रचार प्रसारको क्रममा भने उनिहरुको सुरक्षा घेरा त्यति कडा हुंदैन् । उनको जीतको सम्भावना बढेसंगै सुरक्षा समेत कडा पारिने गर्छ । यद्यपी हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धांधली भएको आरोप लगाउंदै पुनः मत गणना हुनुपर्ने भन्दै अदालतको ढोकामा पुगेका छन् ।

सीक्रेट सर्विस अमेरिकाका राष्ट्रपति,हवाईट हाउस, अमेरिकी उच्च सुरक्षा अधिकारी एंवम् अमेरिका आउने उच्च तहका नेताहरुको सुरक्षामा खटिने गर्छ । जसको मुख्य काम नै उच्च तहका अधिकारीको सुरक्षा गर्ने हुन्छ ।

बाइडेनको जित सुनिश्चित भएसंगै मतगणना सम्पन्न हुंदासम्म धैर्य रहन आग्रह गरेका छन् । हालका अमेरिकी राष्ट्रपति ट्रम्पले वैधानिक मत गणना भए आफुले सजिलै चुनाव जित्ने दावी गरिरहेका छन् । उनले चुनावको नतीजाको अन्तिम फैसल उच्चतम न्यायलयबाट हुने बताएका छन् । तर बाइडेनले भने आफुले चुनाव जितिसकेको बताएका छन् ।