डोनाल्ड ट्रम्पको सत्ता ढल्यो: बाइडेन बने अमेरिकाको ४६ औँ राष्ट्रपति
काठमाडौँ- जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका छन् । राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित भएका हुन् ।
द एसोसिएट प्रेसका अनुसार उनले पेन्सेल्भिनियामा जित निकाल्दासम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । २७० इलेक्ट्रोरल मत ल्याउँदा राष्ट्रपति निर्वाचित हुने प्रावधान छ ।
२० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज जीत निकालेसँगै उनी राष्ट्रपतिमा चयन निश्चित भएका हुन्। ११ सिट भएको एरिजोना र ६ सिट भएको नेभाडामा पनि बाइडेन सहज अग्रतामा छन् ।
१६ सिट भएको जर्जियामा भने उनी झिनो मतका साथ अग्रस्थानमा छन्।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्कन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा ।